शनिबार, वैशाख १५, २०८१

यात्रुसँग मनोमानी भाडा उठाउने २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २३ गते १८:०६

काठमाडौं । यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको अवस्थामा कलंकीबाट दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी महाशाखाले खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय वैजनाथ चौधरीलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट मोरङको नियमित भाडा १ हजारदेखि १ हजार २०० भए पनि यात्रुसँग २ हजार ५०० सयका दरले भाडा लिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको बसमा यात्रु लैजाने गरी टिकट काटेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया