बुधबार, वैशाख १२, २०८१

देशैभर ६२५ कोरोना संक्रमित आइसीयूमा,कुन प्रदेशमा कति ?

मेरोन्यूज २०७८ वैशाख २३ गते १७:४५

काठमाडौं । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६ सय २५ र भेन्टीलेटरमा २०१ जना उपचाररत छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरका विभिन्न कोभिड अस्पतालमा ६५२ जना आइसीयूमा र २०१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
कुन प्रदेशमा कति कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी ३४९ जना बागमती प्रदेशका विभिन्न अस्पतालको आइसीयूमा उपचाररत रहेका छन् । सोही प्रदेशमा सबैभन्दा बढी १२५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यसैगरी, प्रदेश १ का विभिन्न अस्पतालको आइसीयूमा १०७ जना र १७ जना भेन्टिलेटरमा ,प्रदेश २ मा आइसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना, गण्डकी प्रदेशमा ३८ जना आइसीयूमा र १३ जना भेन्टिलटेरमा ,लुम्बिनी प्रदेशमा ७७ जना आइसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यसैगरी, कर्णाली प्रदेशको आइसीयूमा ३३ जना र भेन्टिलेटरमा १२ जना र सुदुरपश्चिम प्रदेशमा आइसीयूमा २४ र भेन्टिलेटरमा १२ जना कोरोनाका जटिल बिरामी उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया