शुक्रबार, वैशाख १४, २०८१

गण्डकीका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान

मेरोन्यूज २०७८ वैशाख २३ गते १७:३६

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा अब वैशाख २७ गते मतदान हुने भएको छ ।
राष्टिय जनमोर्चाका सांसद खिमविक्रम केसी मतदानका बेला सम्र्पक विहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगन गरिदिएका थिए ।

त्यहा राष्टिय जनमोर्चा निर्णायक छ । उसका तीन जना सासद छन् । जसमध्ये एक जनाले मात्रै मत दायाँवाया गरेभने मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको रिजल्ट पनि दायाँवायाँ नै हुने अवस्था छ ।

एकाएक सांसद सम्र्पकमा नरहेको भन्दै सभामुखले बैठक स्थगन गरेपछि मुख्यमन्त्री भने असन्तुष्ट थिए । त्यसपछि बैठक कहिले राख्ने भन्नेमा दलहरुका वीचमा मत मिल्न सकेको थिएन ।

विहिवार प्रदेश सभाको
कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेका लागि अविश्वास प्रस्तावमाथी मतदान गर्ने गरी बैठक राख्ने प्रस्ताव गरेका थिए ।

एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन् ।

मुख्यमन्त्री विरुद्ध काग्रेस, माओवादी, जसपा र राष्टिय जनमोर्चाले महागठवन्धन बनाएका छन् ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया