शनिबार, वैशाख ८, २०८१

साताको अन्तिम दिन नेप्से रातो

मेरोन्यूज २०७८ वैशाख २३ गते १६:०२

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार पनि रातो देखिएको छ ।

नेप्से घट्नुमा दोहोरो अंकको निरन्तरताले गर्दा रातो चिन्ह् नै हाबी भएको हो । स्टक एक्सचेञ्जका अनुसार बजार परिसुचक १२ दशमबल ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलब १३ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४७ प्रतिशतले कम हो ।
बिहिबार ८० हजार १ सय ४१ कारोबार भएका कुल २ सय १६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ लाख ४ सय ५३ रुपैयाँ बराबरका १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

यसैबिच मूल्य समायोजनपछि पनि जनउत्थान सामूदायिक लघुवित्तको सेयर मूल्यमा बढेर रोकिएको छ । ४९ दशमबल ४ प्रतिशत बोनस सेयर दिएपछि मूल्य समायोजन भएको कम्पनीको सेयर मंल्य प्रति कित्ता ३ सय ६१ रुपैयाँका दरले बढेर ३ हजार ९ सय ७२ रुपैयाँ पुगेको छ ।
खानीखोला हाइड्रो र महिला लघुवित्तको सेयरमा पनि बढेर रोकिएको हो । लगानी, वित्त र बाणिज्य बैंक समूह बढेको छ । बाँकी सूचक रातो हुँदा समग्र बजार घटेको हो । जीनव बीमा २ सय ३९, निर्जीवन बीमा १ सय ३० अंकले घटैको छ । ब्यापार पनि ६३ अंकले घटेको छ ।


सबैभन्दा बढि विशाल बजार कम्पनीको सेयर मूल्य घटेको छ । १० प्रतिशत अर्थात प्रति कित्ता ७ सय ४६ रुपैयाँका दरले मूल्य घटेको छ ।
दिनभरीमा एचआइडीसीएल ४६ करोड ७४ लाख रुपैयाँको सर्वाधिक किनबेच भएको छ । एनसीसी बैंक दोस्रोमा छ । लक्ष्मी बैंक, अपि पावर र निफ्राको पनि सर्वाधिक कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया