शनिबार, वैशाख ८, २०८१

सिन्धुलीमा फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७८ वैशाख २३ गते १५:२३

सिन्धुली । सिन्धुली जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् । उनका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए ।

उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई–४ स्थितमा बाटोमा फेला पारी निजहरूलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया