शनिबार, वैशाख ८, २०८१

मेरो न्युज ब्रेकिङ

नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

हरि भट्ट २०७८ वैशाख २३ गते १२:५५

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले यहि वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । एमाले नेपाल-खनाल समूहका नेता योगश भट्टराईका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका हुन् । उनले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत दिइने बताए । सबै सांसदले मत दिने उनको भनाई छ ।
“आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत त दिनै पर्यो नि । पार्टी भित्रको विवादले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भन्ने नै हुदैन, पार्टी भित्र देखिएको विवाद विस्तारै समाधान हुदै जान्छ,” उनले भने ।
बुधबार राती मात्रै एमाले ओली पक्षका नेता इश्वर पोखरेल र नेता भट्टराईबीच गोप्य भेट भएको थियो ।

एमाले भित्र ओली र नेपाल समूहबीच विवाद छ । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको थियो । त्यसपछि फागुन २७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ओली पक्षका नेताहरुको बसेको बैठकले ९औं महाधिवेशबाट निर्वाचित कमिटीलाई विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

एमाले नेपाल–खनाल समूहले ओली समूहले गरेको उक्त निर्णयलाई अस्विकार गर्दै आएका छन् । यसबीचमा ओली र नेपालबीच दुई पटक भेटवार्ता भएको थियो तर कुनै सहमती हुन सकेको थिएन । यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल खनाल समूहका २७ सांसदलाई स्पष्टिकरण सोधेका थिए ।

एमाले कर्णाली प्रदेशको संसदीय दलको निर्णय विपरित नेपाल पक्षका कर्णालीका सांसदले फ्लो क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाई विश्वासको मत दिएका थिए । लुम्बिनी प्रदेशमा नेपाल पक्षका सांसदले ओली पक्षका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका थिए ।

यो पनि पढ्नुहोस्

वाग्मतीमा गठबन्धनका मतदाता अन्योलमा

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया