बुधबार, वैशाख १२, २०८१

एमाले आकस्मिक बैठक लगत्तै प्रधानमन्त्री राष्ट्रपति निवासमा

मेरोन्यूज २०७८ वैशाख २३ गते १२:०६

काठमाडौं । प्रधानमन्त्री केपी ओली एमालेको आकस्मिक स्थायी समिति बैठक लगत्तै राष्टपति विद्यादेवी भण्डारीसँग भेट गर्न शित्तल निवास पुगेका छन् ।


सोमबार संसदको विशेष अधिवेशनवाट विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले एमालेको आकस्मिक बैठकमा विश्वासको मत लिने गरी सवै दलसँग सम्वाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

माओवादी केन्द्रले वुधबार समर्थन् फिर्ता लिएपछि यतिवेला ओली सरकार अल्पमतमा छ । तर माओवादीले समर्थन फिर्ता लिनु अगावै ओली स्वंमले संसदको विषेश अधिवेशनवाट विश्वासको मत लिने प्रयोजनका लागि राष्टपतिलाइ अधिवेशन आह्रवानका लागि सिफारिस गरेका थिए ।ओलीले हिजै काग्रेसका शीर्ष नेताहरुसँग पार्टीका नेताहरु साथमा लगेर विश्वासको मत दिन आग्रह् गरेका थिए । आजको वैठकले अन्य दलहरुसँग पनि यस विषयमा सम्वादलाई निरन्तरता दिने निर्णय गरेको ज्ञवालीले मेरो न्यूजलाई जानकारी दिए ।

एमाले बैठक सकेपछि लगत्तै प्रधानमन्त्री राष्टपति भण्डारीसँग भेट गर्न पुगेका हुन् । तर राष्टपतिसँग समसामायिक विषयको जानकारी गराउने उदेश्यले ओली नियमति भेटका लागि पुगेको पनि ज्ञवालीले वताए ।

आजै साझ ५ वजे प्रधानमन्त्री निवासमा मनित्रपरिषद्को बैठक समेत बोलाईएको छ ।

आजको वैठकमा राष्टिय सभाको वाग्मति प्रदेशको उम्मेदवारका विषयमा पनि छलफल भएको बताईएको छ । तर माधव नेपाल पक्षले चुनावमा लिने रणनीति के हुन्छ ? त्यस बारेमा समग्र विश्लेषण गरेर मात्र यस विषयमा निर्णयमा पुगिने गरी एमालेको बैठकमा छलफल भएको छ । एमालेले गृहमन्त्री समेत रहेका नेता रामवहादुर थापा (बादल)लाई उम्मेदवार बनाउन चाहेको छ ।

तर नेपाल पक्षले कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुरामसँग गठवन्धन गरेर माओवादीको चुनाव चिन्हमा एमालेका नेपाल निकटका डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने गरी तयारी गरेपछि एमालेले निर्णय भने लिईसकेको छैन ।

विषय वस्तुको विश्लेषण गर्ने, कति सांसदले एमालेका आधिकारिक उम्मेदवारलाइ भोट नदिन सक्छन्, तिनलाइ चुनाव अगाडी नै केही गर्ने की भन्ने जस्ता विषयमा समेत केन्द्रीत रहेर एमाले वैठकमा छलफल चलेको थियो । तर निर्णय भने कुनै लिईनसकेको एमालेकै अर्का एक स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया