बुधबार, वैशाख १२, २०८१

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ वैशाख २३ गते ११:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।  बैठकमा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ ।

बैठकमा वाग्मती प्रदेश राष्ट्रिय सभा र लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरिने बताइएको छ ।

प्रतिक्रिया