बिहीबार, वैशाख १३, २०८१

एनएसएल फुटबलमा आज ललितपुर vs बुटवल, काठमाडौं vs विराटनगर

मेरोन्यूज २०७८ वैशाख २३ गते ८:०७

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी आमने सामने हुनेछन् ।

समान चार खेल खेलेका बुटवल लुम्बिनीको ५ अंक छ भने ललितपुरको ३ अंक छ । बुटवलले २ मा जीत एक बराबरी र एकमा हार व्यहोरेको छ भने ललितपुरले तीन वटा म्याच बराबरी खेल्दा एउटा म्याचमा हार भोगेको छ ।

सोही मैदानमा आजै अपरान्ह साढे ५ बजे काठमाडौं रेजर्स एफसी र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौं र विराटनगरको समान ४ खेलबाट ७ अंक छ ।

दुबै टोलीले समान २ मा जीत एकमा बराबरी र एकमा हार व्यहोरेका छन् । यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । धनगढी १० अंक सहित लिगको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया