बिहीबार, वैशाख ६, २०८१

आजको राशिफलः वैशाख २३ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २३ गते ६:२०

काठमाडौं । आज २०७८ वैशाख महिनाको २३ गते बिहीबार, वैशाख कृष्णपक्षको दशमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
समय सकारात्मक रहेको छ । बोलीको प्रभाव पनि बढ्ने छ । आत्माबल बलियो हुने छ । नेतृत्वदायी क्षेत्रहरु राजनीति, प्रशासन तथा निजामति क्षेत्रमा सफलता मिल्ने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल छ । ब्यवस्थापकीय क्षमतामा पनि सफलता मिल्ने छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् । धन सम्पत्तिमा बृद्धि हुने छ ।

वृष
ब्यक्तित्वको प्रभाव बढ्ने छ । बोलीको प्रभाव पनि सकारात्मक हुने छ । तर रिस कडा खालको देखिने भएकाले सतर्कता अपनाउनु पर्ने देखिन्छ । भाग्यको साथ रहेकाले पेशागत जीवनमा देखिने अवरोधहरु सामना गर्ने क्षमता बढ्ने छ भने यसले परिस्थिति आफू अनुकुल बन्दै जाने छन् । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य प्राप्त हुने अनुकुल समय छ ।साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् ।

मिथुन
महत्वाकांक्षामा ह्वात्तै बृद्धि हुने छ । योसँगै रिसालु ब्यक्तित्व हुने भएकाले यस विषयमा निकै सतर्क रहनु पर्ने छ । जीवन साथिको साथसहित अघि बढेमा शुभ हुने छ । पेशागत जीवन सकारात्मक नै देखिन्छ । तर भाग्यको साथ कम रहनाले पेशा तथा ब्यावसायसँग जोडिएका विषयमा नसोचिएका समस्या र अवरोधहरु उत्पन्न हुने र तीसँग जुध्नु पर्ने देखिन्छ । ठेक्का पट्टा, राजनीतिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।

कर्कट
अरुको विश्वास आर्जन गर्न सकिने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा तथा क्षमतामा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुले सकारात्मक नतिजा दिने छन् । मनमा दुविधा अत्याधिक बढ्ने भएकाले मन नियन्त्रण गर्न नसके अरुको विश्वास गुम्न पुग्ने छ । मन निन्त्रणमा ध्यान दिनु होला । पानी र पानीजन्य विषयमा सतर्क रहनु होला ।

सिंह
समय सकारात्मक देखिन्छ । ब्यक्तित्वमा दृढता बढ्ने छ । भाग्यको बलियो छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल नै छ । कामको कदर हुने छ । ठेक्कापट्टा, राजनीति, प्रशासन, निजामति, न्यायालय आदी क्षेत्रमा संलग्नहरुलाई थप जिम्मेबारी प्राप्त हुने छ । आम्दानीमा बढोत्तरी हुने छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् ।

कन्या
समय अलि प्रतिकुल रहेको छ । मनमा निरन्तर दुविधाले सताउने छ । सुख प्राप्तिमा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी राम्रोसँग निर्वाह गर्न नसक्दा अरुको विश्वासमा कमि आउन जाने छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका र तलका कर्मचारीहरुसँगको सम्बन्धमा खटपट हुने भएकाले सतर्कताको आवश्यकता देखिन्छ । साझेदारीमा गरिएका कामहरुका बिबाद तथा कटुता बढ्न पुग्ने छ ।

तुला
भाग्य बलियो छ । कठिनाईहरुसँग जुध्ने तागत प्राप्त हुने भएकाले दृढ खाले ब्यक्तित्व निर्माण हुने छ । मनोबल उच्च रहने छ । ब्यवस्थापकीय क्षमतामा भने कमि आउने छ । पेशागत जीवनमा समय औसत रहेको छ । भित्रि बुद्धिको प्रयोग गर्न सकेका पेशागत जीवनमा देखा परेका समस्या समाधानमा मद्दत पुग्ने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा सफलता प्राप्त हुन जाने छ । पारीवारिक सदस्यहरुबीच कटुता र द्वन्द चर्किन पुग्ने भएकाले सजग रहनु वाञ्छनीय हुने छ ।

वृश्चिक
समय अलि प्रतिकुल रहेकाले होसियारी साथ अघि बढ्दा उपयुक्त हुने छ । मनोबलमा कमि आउने छ । शरीरमा कमजोरीको महशुस हुन जाने छ । कार्य सम्पादनमा जोश र जाँगरको अभाव रहने छ । नकारात्मक विचारले सताउने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले प्राप्त जिम्मेबारी धैर्यतापूर्वक निर्वहन गर्न तर्फ ध्यान दिनु होला । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, ठेक्का पट्टा, सर्जरी, सुरक्षा निकाय आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ अघि बढ्नु पर्ने छ । जीवनसाथिको साथसहित काम गर्नु भएमा फाइदा मिल्ने छ । साझेदारीका कामहरु भने सकारात्मक बन्ने छन् ।

धनु
समय सकारात्मक देखिन्छ । भाग्यको बलियो रहेको छ । बाठोपनामा पनि बृद्धि हुने छ, जसले कार्य सम्पादन र पेशागत जीवनमा साथ दिने छ । परिवारको पूर्ण साथ मिल्ने भएकाले पारीवारिक शान्ति प्राप्त हुने छ । पेशागत जीवनमा विभिन्न खाले उल्झन र समस्याहरु देखा पर्ने छन् । साझेदारीका काममा साझेदारका बीच भनाभन हुने चुनौति रहेकाले शान्तिपूर्वक अघि बढ्नु होला । सर सापटी दिँदा वा लिदा भने गम्भीर बन्नु होला ।

मकर
ब्यक्तित्वमा दृढता थपिने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । तर आवश्यकता भन्दा कडा र रिसाहापन पनि बृद्धि हुने भएकाले यस बारेमा सतर्कतासहित अघि बढ्नु होला । आम्दानीमा सोचे जस्तो नहुने भएकाले धैर्य भएर निरन्तर आफ्नो काममा लाग्दा ठिक हुने छ । पारीवारिक जीवनमा मधुरता आउने छ । यसले पारीवारिक शान्ति छाउने छ । अनुसन्धान तथा गुप्तचरी क्षेत्रमा सक्रियहरुलाई पेशागत सफलता प्राप्त हुने छ ।

कुम्भ
मेहनति र पराक्रमी स्वाभाव हुने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । शान्त किसिमको ब्यक्तित्व हुने भएकाले अरुको मन जित्न सकिने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा विभिन्न खाले अबरोध र जटिलताहरु आउने छन् । परिवारको साथ रहे भएकाले कठिनाईसँग जुध्न निकै मद्धत र आड भरोसा प्राप्त हुने छ । सवारीसाधन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही अनुकुल बन्ने छ ।

मीन
समय अलि प्रतिकुल रहेकाले धैर्य भएर अघि बढ्नु पर्ने छ । भाग्यहिनता लागि रहने छ । मनमा दुबिधा बढ्ने छ । निरन्तर अन्योलता हुने भएकाले निर्णय क्षमतामा ह्रास आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता बढ्न पुग्ने भएकाले पारीवारिक शान्ति खल्बलिने छ । जीवनसाथिको आड भरोसामा अघि बढेमा केही राहत मिल्ने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा कठिनाईहरु उत्पन्न हुने छन् । धेरै जोखिमले भरिएका निर्णयहरु लिने समय रहेको छैन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया