बुधबार, वैशाख १२, २०८१

सभामुखको भूमिकाका विषयमा प्रदेश प्रमुखले प्रश्न उठाउन मिल्दैन : कांग्रेस नेता खाण

मेरोन्यूज २०७८ वैशाख २२ गते २१:१८

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश प्रमुखले सभामुखको भूमिकाका विषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । संविधानअनुरुप ‘सेरेमोनिएल पद’ मा नियुक्त भएका प्रदेश प्रमुखको जनप्रतिनिधिको संस्थाका प्रमुखमाथिको टिप्पणी स्वीकार्य नहुने उनले बताए ।

गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै खाणले यस्तो बताएका हुन् । ‘सभामुखको भूमिकाका विषयमा सांसदहरूले प्रश्न उठाउन सक्छन् । प्रदेश प्रमुखले प्रश्न उठाउने पद्धती संसदीय संघीयता भएका मुलुकमा हुँदैन,’ खाणले भने ।

नवनियुक्त प्रदेश प्रमुख पौडेलले आज पदभार ग्रहण गर्दै सभामुखको राजीनामा माग्ने घडी आइसकेको बताएकी थिइन् । राजनीतिक दल र सरकारसँग कुरा गरी सहमतिमा र त्यसो हुन नसके संविधानमा र त्यसअन्तर्गत बनेका कानूनअनुरुप सदन चलाउने दायित्व सभामुखको भएको खाणले बताए ।

प्रतिक्रिया