शनिबार, वैशाख १५, २०८१

नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्तिप्रति गण्डकी प्रदेशका तीन दलको आपत्ति

मेरोन्यूज २०७८ वैशाख २२ गते २०:१०

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामुखविरुद्ध दिएको अभिव्यक्तिको प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन दलले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको संसदीय दलका नेताले आज संयुक्त विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुख पौडेलले ‘सभामुखले प्रदेशसभालाई लथालिङ्ग पारेको र उनको राजीनामा माग्ने बेला आइसकेको’ भनेर अभिव्यक्ति दिएकी थिइन् ।

काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान र जसपाका धनमाया लामा पोखरेलले प्रदेश प्रमुखको अभिव्यक्ति शक्ति पृथकीकरणको सिद्धान्त, प्रचलित मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून र संविधा विपरित रहेको जनाएका हुन् ।

प्रतिक्रिया