बुधबार, वैशाख १२, २०८१

नेप्से ५ अंकभन्दा बढीले घट्यो

मेरोन्यूज २०७८ वैशाख २२ गते १८:१०

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ५ दशमलब ९ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६ बिन्दुमा झरेको छ ।

बुधबार कूल २ सय १८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँमा २८ हजार ७ सय ७१ किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । आशा, लक्ष्मी, इन्फिनिटी र सबैको लघुवित्त कम्पनीको शेयरमा ओरालो लागेको छ । यद्यपि, धेरै कम्पनीले भने बुधबार नाफा कमाएका छन् ।

सबैभन्दा धेरै प्रमु इन्सोरेन्सले बुधबार कमाएको शेयर बजारमा कारोबार सुरु भएको चैत ३ गतेदेखि आजसम्म ४९ दिन लगातार बढेको महिला लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ५ सय सय ७३ रुपैयाँमा पुगेको छ । १ हजार लगानी गरेका शेयरधनीले ३४ दिनमै ४५ हजार रुपैयाँभन्दा धेरै कमाएका छन् ।

स्टक एक्सचेञ्जका अनु्सार बैंकिङ समूहको शेयर पाँच अंकले, विकास बैंकको तीन अंकले, होटल तथा पर्यटनको ३७ अंकले, उत्पादनको ६७, जीवन बीमा समूहको ५५ र लघुवित्त समूहको शेयर चार अंकले घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

प्रतिक्रिया