शनिबार, वैशाख ८, २०८१

सिड्नीमा गोर्खाज वारिअर्स क्लब गठन

मेरोन्यूज २०७८ वैशाख २२ गते १६:४१

सिड्नी । उच्च शिक्षा पढन्का लागि अस्ट्रेलिया पुगेका नेपालीहरूले सिड्नीमा ‘गुर्खाज वारिअर्स फुटसल क्लब’ स्थापना गरेका छन् । नेपाली विद्यार्थीहरूबीच आपसी मेलमिलाप र भाइचारा स्थापनाका गर्ने उद्देश्यले ‘एक्स्प्लोर द पोसिबिलिटिज’ भन्ने नारासहित क्लबको स्थापना गरेको हो ।

सुजनजंग बर्तौलाको अध्यक्षतामा भुवन भण्डारी, सागर दाहाल, अनिल ढकाल, तेञ्जिन शेर्पा लामा, प्रदीप खड्गी, गौरभ अधिकारी, रुपेश क्षेत्री, आर्यान थापा, राकेश लामा, दिवश राई विशाल क्षेत्रीलगायत २६ जना रहेको कार्य समिति गठन गरिएको छ ।

खेलकुदप्रति इच्छुक नेपाली विद्याथीहरूलाई समेटेर आपसी भाइचारा स्थापना गराउन र नेपालीहरूको स्थायित्व सम्बन्ध कायम गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया