शुक्रबार, चैत १६, २०८०

रुपन्देहीबाट सुन र चाँदी जस्तो देखिने धातु सहित २ पक्राउ

मेरोन्यूज २०७८ वैशाख २२ गते १६:३१

रुपन्देही । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले अवैध रुपमा भित्र्याउदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित गैडहवा गाउँपालिका-६ बस्ने ४२ वर्षीय कृष्ण कुमार सुनार समेत २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

लु.३५ प ३०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया