बिहीबार, वैशाख १३, २०८१

लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

मेरोन्यूज २०७८ वैशाख २२ गते १६:०९

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषदमा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषदमा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित ९ मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रतिक्रिया