बुधबार, वैशाख १२, २०८१

आफूविरुद्ध समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेशसभा सदस्यले दिए राजीनामा

मेरोन्यूज २०७८ वैशाख २२ गते १५:१३

काठमाडौँ । नेकपा एमालेको चुनाव चिह्नबाट दाङको निर्वाचन क्षेत्र नं २ (ख)बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारका पक्षमा उभिएको भन्दै समाचार सार्वजनिक भएको थियो ।

समाचार सार्वजनिक भएपछि प्रदेशसभा सदस्य डाँगीले आज प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचीव दुर्लभ कुमार पुनका अनुसार उनले संविधानको धारा १८० को (क)अनुसार राजीनामा दिएका हुन् । उनको राजीनामालाई सभामुखले प्रक्रिया अगाडि बढाएका छन् ।

घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत रहेका डाँगी यअसघि एमालेभित्र माधवकुमार नेपाल पक्षका मानिन्थे ।

प्रतिक्रिया