शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभा उपचुनाव

माओवादीको चुनाव चिन्ह्रमा गृहमन्त्री बादलसँग खिमलाल भिड्ने

मेरोन्यूज २०७८ वैशाख २२ गते १५:०२

काठमाडौँ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल)सँग बागमती प्रदेशको योजना आयोगको पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटा चुनाव लड्ने भएका छन् । बादल नेकपा एमालेका तर्फबाट सूर्य चुनाव चिन्ह्रमा चुनाव लड्दै छन् भने देवकोटा व्यक्ति एमाले भए पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडाबाट उपचुनाव लड्न लागेका हुन् ।

गृहमन्त्री बादलले नेकपाको एकता बदर भई एमाले र माओवादी ब्यूँतिइदा सर्वोच्चको निर्णयपछि एमाले रोजेका थिए । त्यसपछि माओवादी केन्द्रले बादललाई पदमुक्त गर्ने निर्णय लिएको थियो ।

राष्टि«य सभामा माओवादीका तर्फबाट चुनाव जितेका गृहमन्त्री बादल र चन्द्रबहादुर खड्काले एमाले रोजेपछि माओवादीले दुवै पद रिक्त गराएको थियो । बादल चुनाव लड्ने बागमतीको अन्य समूहतर्फ रिक्त भएको एक सिटमा कांग्रेस, माओवादी, उपेन्द्र बाबुराम भटटराईको जनता समाजवादी पार्टी (जसपा) र एमालेभित्रकै माधव नेपाल समूहले गठबन्धन गरेर डा. देवकोटालाई उम्मेदवार बनाउन लागेको हो ।

शुक्रबार यो प्रदेशको उपचुनावका लागि उम्मेदवारी दर्ताको कार्य तालिका निर्वाचन आयोगले बनाएको छ । एमालेको माधव नेपाल निकट रहे पनि देवकोटाले चुनाव चिह्न भने माओवादीको लिएर लड्न लागेको हो ।

कांग्रेस र माओवादी केन्द्रका बीचमा रिक्त दुई सिटमा एक एक सिट भागबण्डा लगाउने समझदारी बनेको थियो । माओवादीको भागमा परेको बागमती प्रदेशको सिटमा माधव नेपाल समूहका डा. देवकोटालाई उम्मेदावर बनाउन लागेको हो ।

Advertisement

लुम्बिनी प्रदेशमा चन्द्रबहादुर खडका पदमुक्त भएपछि रिक्त हुन लागेको पदमा भने एमालेको प्रदेशसभाबाट राजीनामा दिएका र कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । एमालेले भने जसको पद अहिले रिक्त हुन आएको छ, उसैलाई उम्मेदवार बनाउने यस अगाडि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया