बिहीबार, वैशाख १३, २०८१

फिर्ता लियो माओवादीले ओली सरकारलाई दिएको समर्थन (पत्रसहित)

मेरोन्यूज २०७८ वैशाख २२ गते १२:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सिंहदरवारस्थित संसद सचिवालयमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र वुझाएका हुन् ।

२०७४ फागुनमा एमाले संसदीय दलको नेता ओलीलाई संविधानको धारा ७६(२) को प्रयोजनार्थ माओवादी केन्द्रले सरकार गठनका लागि समर्थन गरेको थियो ।

त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता भएपछि ओली एउटै दलको वहुमतको सरकारको नेतृत्वमा थिए ।

तर २०७७ फागुन २३ मा सर्वाेच्च अदालतले दुई पार्टी वीचको एकता वदर गदै माओवादी र एमाले नै ब्यूताईदिने निर्णय लिएपछि ओलीसाग एक्लै एमालेको वहुमत संसदमा थिएन ।

माओवादी केन्द्रले सरकारबाट हटाउन ओलीलाई प्रयास गदै आईरहेको थियो ।
ओलीले यही वैशाख २७ मा संसदको विशेष अधिवेशन बोलाउन लगाई विश्वासको मत लिने निर्णय लिएपछि माओवादी केन्द्रले आज समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयका महासचिवलाई सम्वोधन गरी वुझाएको हो ।

माओवादी केन्द्रको हिजो बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा प्रम्ुख सचेतकले आज संसद सचिवालयमा पुगेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।

हेर्नुहोस समर्थन फिर्ता लिएको पत्र

प्रतिक्रिया