बिहीबार, चैत १५, २०८०

सांसदहरूको कोरोना परीक्षण गर्न स्वाब संकलन सुरु

मेरोन्यूज २०७८ वैशाख २२ गते १२:००

काठमाडौँ । सांसदहरूको कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि स्वाब संकलन सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० देखि बेलुका ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ ।

स्वाब परीक्षणका लागि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरू, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरूको समेत नमुना संकलन गरिने भएको हो ।

यसैगरि, भोलि कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया