शनिबार, वैशाख ८, २०८१

सुनको मूल्यमा सामान्य गिरावट

मेरोन्यूज २०७८ वैशाख २२ गते ११:४९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यता बुधबार चाँदीको मूल्यसमेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया