शनिबार, वैशाख ८, २०८१

कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

मेरोन्यूज २०७८ वैशाख २२ गते ११:१३

काठमाडौँ । नेपालगञ्ज मेडिकल कलेजमा एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । रुकुमकी ३२ वर्षीया महिलाले नेपालगञ्ज हिजो मंगलबार स्वस्थ बच्चा जन्माएको अस्पतालका उप निर्देशक नितेश कनोडियाले जानकारी दिए । उनको यो तेस्रो बच्चा हो ।

महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । २० बैशाखमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

अस्पतालमा कार्यरत प्रोफेसर डा मिता सिंहको टोलीले उनलाई बच्चा जन्माउन सहयोग गरेका थिए । ती महिलाले २ किलो सातसय ग्रामको स्वस्थ बच्चा जन्माएकी हुन् । अहिले उनीहरूको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया