मंगलबार, वैशाख ११, २०८१

प्रतिनिधि सभाको विशेष अधिवेशन बस्नु अघि आज र भोलि पीसीआर परिक्षण

मेरोन्यूज २०७८ वैशाख २२ गते ८:०१

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवशेन बस्नु अघि आज र भोलि संघीय संसदसँग सम्वन्धित सबैको पीसीआर परिक्षण गरिंदै छ ।

संघीय संसद सचिवालयले संसदसँग सम्वन्धित सबैको पीसीआर रिक्षण्न गर्न लागेको हो ।

आज पहिलो दिन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उनीहरुको सचिवालयका कर्मचारी, दुबै सदनका सांसद, संसदका महासचिव, सचिव, कार्यव्यवस्था शाखा, सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, संसद सचिवालयका सबै कर्मचारीको पीसीआर परिक्षण गर्ने कार्यतालिका छ ।

यस्तै भोलि दोस्रो दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय रिपोर्टिङ गर्ने सञ्चारकर्मी, ट्राफिक, बम डिस्पोजल टिम र कुकुरबाट सुरक्षा जाँच गर्ने सुरक्षाकर्मीको स्वाब संकलन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

दुबै दिन विहान १० देखि ५ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा स्वाब संकलन गर्ने सचिवालयको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेको उल्लेख गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले आगामी सोमबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया