शनिबार, वैशाख ८, २०८१

आजको राशिफलः वैशाख २२ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २२ गते ६:१९

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको २२ गते बुधबार, वैशाख कृष्णपक्षको नवमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
प्रभावकारी बोली हुने छ । आत्माबलले भरिएको नेतृत्वदायी ब्यक्तित्व हुने छ, जसले गर्दा राजनीति, प्रशासन तथा निजामति क्षेत्रमा सफलता मिल्ने छ । ब्यवस्थापकीय क्षमतामा अभिवृद्ध हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । धन धान्य र पैतृक सम्पत्तिको अनुकुलता बढ्ने छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् ।

वृष
आकर्षक ब्यक्तित्व हुने छ । बाणिको प्रभावले आफूप्रति अरुको ध्यानाकर्षण गर्न सकिने भएता पनि रिस कडा हुने हुँदा रिसले विषयलाई बिगार्ने भएकाले सतर्कता आवश्यक छ । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य आर्जन हुने अवस्था छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् । भाग्यको साथ रहेकाले पेशागत जीवनमा देखिने अवरोधहरु सामना गर्ने र आफू अनुकुल बन्दै जाने छन् ।

मिथुन
महत्वाकांक्षि ब्यक्तित्व हुने छ । रिस अत्याधिक कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई हानि पुर्याउने भएकाले सतर्क रहनु होला । जीवन साथिको सथ लिएर अघि बढ्नु भएमा परिस्थिति अनुकुल बन्न पुग्ने छ । पेशागत जीवन सकारात्मक नै देखिएता पनि भाग्यको साथ कम रहनाले पेशा तथा ब्यावसायमा विभिन्न खाले कठिनाईहरुको सामना गर्नु पर्ने छ । राजनीतिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।

कर्कट
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा बढोत्तरी हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक बन्ने छन् । मनमा दुविधा अत्याधिक बढ्ने भएकाले मन नियन्त्रण गर्न नसके अरुको विश्वास गुम्न पुग्ने छ । चिसोले अत्याधिक सताउने छ । पानी र पानीजन्य विषयमा सतर्क रहनु होला ।

सिंह
भाग्यको बलियो छ, जसले गर्दा दृढ खालको ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल नै देखिन्छ । राजनीति, प्रशासन, निजामति, ठेक्कापट्टा आदी क्षेत्रमा संलग्नहरुलाई थप जिम्मेबारी प्राप्त हुने छ । कामको कदर हुने छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् । आम्दानीमा बृद्धि हुने छ ।

कन्या
समय अलि प्रतिकुल रहेकाले धैर्यताको आवश्यकता छ । मनमा निरन्तर दुविधाले सताउने छ । सुखमा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद तथा कटुता बढ्न पुग्ने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वासमा कमि आउन जाने छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका बोससँग सम्बन्धमा कटुता आउने योग रहेकाले सतर्क भएर अघि बढ्दा उपयुक्त हुने छ ।

तुला
मनोबल उच्च रहने छ । भाग्यको साथले गर्दा कठिनाईहरुसँग जुध्ने ब्यक्तित्व निर्माण हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता र द्वन्द चर्किन पुग्ने छ । ब्यवस्थापकीय क्षमतामा कमि आउने छ । पेशागत जीवनमा समय औसत रहेको छ । भित्रि बुद्धिको प्रयोग गर्न सकेका पेशागत जीवनमा देखा परेका समस्या समाधानमा मद्दत पुग्ने छ ।

वृश्चिक
शरीरमा कमजोरीको महशुस हुने भएकाले काममा जाँगर कम हुन पुग्ने छ । टाउको झुम्म भइरहने समस्याले पिरोल्ने छ । जीवनसाथिको साथसहित काम गर्नु भएमा फाइदा मिल्ने छ । साझेदारीका कामहरुले सन्तोष प्रदान गर्ने छन् । नेतृत्व क्षमतामा कमि आउने भएकाले प्राप्त जिम्मेबारी धैर्यतापूर्वक निर्वहन गर्न तर्फ ध्यान दिनु होला । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जरी आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ अघि बढ्नु पर्ने समय छ ।

धनु
भाग्यको बलियो साथ रहेकाले आन्तरिक चतु¥याईमा हुने बृद्धिले आत्माबल बलियो बनाउने छ, जसले गर्दा आँटेका कामहरु पुरा हुन मद्दत पुग्ने छ । परिवारको पूर्ण साथ मिल्ने छ । सर सापटीमा गम्भीर बन्नु पर्ने समय छ । पेशागत जीवनमा विभिन्न खाले उल्झन र समस्याहरु देखा पर्ने छन् । साझेदारीका काममा साझेदारका बीच कडा मिजासको स्वाभाव देखा पर्ने भएकाले एक अर्काको विचारमा शान्तिपूर्वक सुन्ने र ध्यान दिँदा उपयुक्त हुने छ ।

मकर
दृढ खाले ब्यक्तित्व हुने छ । यससँगै आवश्यकता भन्दा कडा र रिसाहापन पनि बृद्धि हुने भएकाले यसलार्य नियन्त्रण गर्न नसक्दा आफैलाई हानि पु¥याउने भएकाले त्यसतर्फ ध्यान दिनु होला । आम्दानीमा सोचे जस्तो नहुने भएकाले चित्त बुझाउँदै अघि बढ्नु पर्ने समय छ । पारीवारिक जीवनमा मधुरता उत्पन्न हुने छ, जसले प्रतिकुलतासँग जुध्न तागत दिने छ । गुप्तचर तथा अनुसन्धानको क्षेत्रमा आवद्धहरुको हकमा अनुकुल समय छ ।

कुम्भ
शान्त किसिमको ब्यक्तित्व हुने छ । मेहनति र पराक्रमी स्वाभाव कायम रहने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा अनुमान नगरिएका अबरोधहरु आउन जाने छन् । परिवारको साथका कारण ब्यक्तित्वमा कदर हुन पुग्ने छ । साझेदारीमा भरोसा गरि अघि बढेमा राजनीतिक लाभ प्राप्त हुने छ । सवारीसाधन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही अनुकुल बन्न पुग्ने छ । धेरै चुनौतिले भरिएका काम थाल्ने समय रहेको छैन् ।

मीन
मनमा अत्याधिक दुबिधा बढ्ने भएकाल निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताको अभाष हुने भएकाले मनमा दृढताको कमि हुन जाने छ । परिवारका सदस्यहरुका बीचमा कटुता बढ्न पुग्ने छ, नेतृत्व कसले लिने भन्ने विषयमा द्वन्द देखा पर्ने छ । जीवनसाथिको आड भरोसामा मेहनत र पराक्रमीपना कायम रहने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा कठिनाईहरु उत्पन्न हुने छन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया