शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँमा झण्डै ४ हजार संक्रमित थपिए

मेरोन्यूज २०७८ वैशाख २१ गते १७:३२

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८९३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि एकैदिन कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया