शुक्रबार, चैत १६, २०८०

आईपीएल अनिश्चितकालका लागि स्थगित

मेरोन्यूज २०७८ वैशाख २१ गते १७:१७

एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

ुबीसीसीआई खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य सहभागीहरुको सुरक्षामा सम्झौता गर्न चाहँदैन,ु विज्ञप्तिमा भनिएको छ, ुयो निर्णय सबै सरोकारवालाहरुको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखेर गरिएको हो ।ु

पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

Advertisement

प्रतिक्रिया