बिहीबार, वैशाख ६, २०८१

संक्रमित स्वास्थ्यकर्मी उपचारमा संलग्न, एकै अस्पतालमा १३ जना संक्रमित

मेरोन्यूज २०७८ वैशाख २१ गते १७:१२

धादिङ । जिल्लामा कोरोना संक्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् ।

धादिङ अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स–रे गर्ने काम गरिरहेका छन् । उनले भने, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ ।”

उनले गत १८ वैशाखदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेका थिए । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड–१९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया