शुक्रबार, वैशाख १४, २०८१

कोरोनाका कारण फुडमाण्डुको सेवा बन्द

मेरोन्यूज २०७८ वैशाख २१ गते १४:०५

काठमाडौँ । आफ्नो उत्पादनलाई वितरणमा गर्न अवरोध आएपछि ‘फुडमाण्डु’ले आफ्नो अनलाइन सेवा आज मंगलबारदेखि बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै सरकारले गरेको निषेधाज्ञामा यस कम्पनीलाई सरकारले हिजोदेखि वितरण सेवा बन्द गर्न भनेको थियो ।

सरकारले सेवा बन्द गर्न भनेपछि फुडमाण्डुले आजदेखि सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको फुडमाण्डुले जनाएको छ । कम्पनीले जारी गरेको सूचनानुसार आफ्नो अनलाइन फूड डेलिभरी सेवा केही दिनका लागि रोकिएको हो ।

कम्पनीले आज सोशल मिडियामार्फत आफ्नो सबै सेवाहरू रोकिएको जानकारी दिएको हो । फुडमाण्डुले सरकारले सहजकता ल्याउने निर्देशनको पर्खाइमा रहेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया