बिहीबार, चैत १५, २०८०

आईपीएल टी-ट्वान्टी

चेन्नई र राजस्थानबीचको खेल स्थगित

मेरोन्यूज २०७८ वैशाख २१ गते १३:३६

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ ।

कोरोना भाईरसको कारण दिल्लीमा भोलि (मंगलबार) हुने चेन्नई र राजस्थानबीचको खेल स्थगित गरिएको हो ।

चेन्नईका तीन अफिसियललाई कोरोना देखिएपछि खेल स्थगित गरिएको हो । चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको हो ।

तीन जनामा कोरोना देखिएपछि चेन्नईका खेलाडीहरु क्वारेन्टिनमा बसेका छन् । खेलाडीमा कोरोना देखिएपछि सोमबार कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल समेत स्थगित भएको थियो ।

Advertisement

प्रतिक्रिया