शनिबार, वैशाख १५, २०८१

कोरोनाबाट ४५ वर्षीय शिक्षकको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २१ गते १२:२२

काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय माविमा अध्यापनरत ४५ वर्षीय शिक्षकलाई गत १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट समेत पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए ।

वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया