शुक्रबार, चैत १६, २०८०

ईश्वरी बरालको “खानदानी छोरी” सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख २१ गते ११:२०

काठमाडौं । पत्रकार एंव गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी बजारमा आएको छ ।

बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्याप रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ । गीतका शब्द लेखक टुरिष्टजङ्ग विक रहेका छन् । हालै सार्वजनिक भएको गित युट्युबमा समेत राखिएको छ ।

प्रिज्म रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् । गीतलाई मोहित मुनालले व्यवस्थापन् गरेका छन् । मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

खानदानी गीतको म्युजिक भिडियोमा जुम्ल्याहा इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय छ । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । थाहा रेडियोमा कार्यरत पत्रकार गायिका बरालको यसअघि पनि विभिन्न गित बजारमा आएको छ ।

Advertisement

प्रतिक्रिया