शुक्रबार, वैशाख १४, २०८१

किन गरे धनाढ्य बिल गेट्सले सम्बन्ध विच्छेद ?

मेरोन्यूज २०७८ वैशाख २१ गते ९:५६

काठमाडौं । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका छन् ।

बिल गेट्सले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्‍यौं । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूला बनायौं । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौं । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौं । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौं । त्यसैले नयाँ जीवन सुरु गर्न जादैछौं ।”

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् ।

बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया