शुक्रबार, वैशाख ७, २०८१

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

मेरोन्यूज २०७८ वैशाख २१ गते ९:४०

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राजदूत दाहाल नेकपा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । माओवादी केन्द्रको कोटाका प्रदेश प्रमुख हटाएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका राजदूतलाई पनि फिर्ता बोलाएको हो ।

कांग्रेस कोटाका जापानकी राजदूत प्रतिभा राणा र ओमानकी राजदूत शर्मीला पराजुली ढकाललाई भने सरकारले यथावत राखेको छ ।

राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन् भने ढकाल विजय गच्छादार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत बनेकी हुन् । फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा एकिकरण भइसकेको छ ।

प्रतिक्रिया