सोमबार, जेठ ७, २०८१

आईपीएल किक्रेटमा आज मुम्बई र हैदरावाद भिड्दै

मेरोन्यूज २०७८ वैशाख २१ गते ७:०७

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएफमा आज चौथो स्थानको मुम्बई इन्डियन्स र अन्तिममा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ ।

Advertisement

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका साँझ साढे ७ बजे सुरु हुने छ ।

आइपीएलका ३० वटा खेल सकिंदा देल्ली क्यापिटल्स १२ अंक सहित शीर्ष स्थानमा पुगेको छ । ८ वटा खेल खेलेको देल्लीले ६ वटा खेल जितेको छ भने २ वटामा पराजित भएको छ ।

समान ८ खेल खेलेको पञ्जाव किङ्सले तनि खेल जित्दै ६ अंक मात्र जोडेको छ । चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जरर्स बेंलोर १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।

खेलाडिमा संक्रमण पुष्टि भएपछि हिजोका लागि तय भएको कोलकात्ता र रोएल च्यालेन्जर्स बैंङ्लोरबीचको खेल भने स्थगित भएको थियो ।

कोलकात्ताका बलरद्धय भरुण चक्रवर्ती र सन्दिप वारियर तथा चेन्नईका सीईओ काशी विश्वनाथम, बलिङ प्रशिक्षक एल बालाजी र एक जना सहयोगीमा संक्रमण देखिएको थियो।

प्रतिक्रिया