शनिबार, वैशाख ८, २०८१

आजको राशिफलः वैशाख २१ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २१ गते ६:२७

काठमाडौं । आज २०७८ वैशाख महिनाको २१ गते मंगलबार, वैशाख कृष्णपक्षको अष्टमी तिथि । आज भौमाष्टमी व्रत तथा गोरखकाली पूजा । अब लागौं आजको राशिफलतर्फ

मेष
बोल्ड ब्यक्तित्व बन्ने छ । नेतृत्व क्षमतामा पनि वृद्धि हुने छ । तर मनमा उदासिनताको मात्रा बढि हुने भएकाले निरन्तर चिन्ताले सताउने छ । प्रेममा सफलता प्राप्त हुने छैन । तर आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न तागत भने प्राप्त हुने छ । व्यापार व्यवसाय तथा पेशामा केही अवरोधहरु आउने छन् ।

वृष
राजनीति तथा प्रशासन क्षेत्रमा संलग्नहरुको हकमा आफूले निर्वाह गरेको भुमिकाको सकारात्मक मूल्यांकन हुने छ । तर मनमा निकै उदासिनता बढ्ने छ । भाग्यको साथ नभएको जस्तो मनमा लागिरहने छ । रिस धेरै कडा हुने भएकाले रिस नियन्त्रण गर्न नसक्दा आफैलाई हानि पुर्‍याउने छ । गाडि तथा सवारीसाधन, घर, घडेरी बेच्नु पर्ने तथा खर्च हुने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ ।

मिथुन
मनमा निराशाले डेरा जमाउने छ । जसले गर्दा मन उदास हुने भएकाले कर्मशिल जीवनमा पनि जोश र जाँगरको अभाव हुने छ । जीवनसाथिको साथले काम गरेमा भाग्योदयका लागि मद्धत पुग्ने तथा केही राहत दिने छ । ब्यक्तित्व बोल्ड हुने भएकाले कसैले पनि हेप्न भने सक्ने छैनन् । व्यापार व्यवसाय तथा पेशागत जीवन भने सकारात्मक रहने छ ।

कर्कट
दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । पेशागत जीवनमा स्थिरता हुने छ । आफूले गरेको काम र भूमिकाको कदर हुने छ । अध्ययन अध्यापनमा भने रुचि कम हुने छ ।

सिंह
भाग्यको बलियो साथ छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा सकारात्मक दिशामा नै अघि बढ्ने छ । देखा परेका कठिनाईहरुसँग जुध्न सक्ते तागत जीवनमा पैदा हुने छ । मनमा अत्याधिक दुविधा देखा पर्ने भएकाले कुनै पनि कार्यमा मन पूर्णतया मन लाग्न सक्ने छैन् भने निर्णय क्षमतामा कमि आउने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्या समाधान ढिलो गरि भए पनि समाधानतर्फ जाने छन् ।

कन्या
ब्यक्तित्वमा कमि आउने छ । बोलीमा प्रभावहिनता आउने भएकाले छलफल, बैठक तथा तर्क वितर्कमा भाग लिँदा सतर्कतासहित अघि बढ्दा उपयुक्त हुने छ । आम्दानीको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । अध्ययनमा कठिनाईहरु उत्पन्न हुने छन् । भाग्यहिनताको अनुभुति हुने छ, यसले कार्य सम्पादानमा बढि समय लगाई दिने छ ।

तुला
समय अनुकुल रहेको छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् । जीवनसाथिको नेतृत्वमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले राखिएका लक्ष्य प्राप्तिमा मद्दत पुग्ने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बृद्धि हुने छ । मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि निखारता आउने छ ।

वृश्चिक
छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था आउने छ । पैतृक सम्पत्ति तथा आफूले कमाएको धन सम्पत्तिबाट सुख प्राप्त हुने छ । प्रतिष्पर्धी स्वाभाव हुने भएकाले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने आँट आउने छ । ब्यक्तित्वको छवीमा भने गिरावट आउने भएकाले विचार गर्नु होला । शारीरिक कमजोरी देखा पर्ने छ । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्ने छन् ।

धनु
भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्यको पनि साथ जोडिन पुग्न हुँदा कार्य सफलता प्राप्त हुने छ । तुरुन्तै नरम खालको बोली त फेरि तुरुन्तै कडा बोली हुने भएकाले एक रुपता आउने छैन् । धन सम्पत्तिको विषयलाई लिएर परिवारका सदस्यहरुका बीच कटुता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ । मनमा अनावश्यक चिन्ता थपिने भएकाले मनोबलमा भने गिरावट आउने छ ।

मकर
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुने छ । शत्रु पराजय हुने छन् । तर अनावश्यक शुरोपनामा पनि बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहँदा उपयुक्त हुने छ । दम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव देखा पर्ने भएकाले पारीवारिक जीवनमा सन्तोष मिल्ने छ । मनमा अलि निराशाको भावले निरन्तर डेरा जमाई रहने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिमका साथ अघि बढ्नु पर्ने समय छ ।

कुम्भ
मेहनति र पराक्रमी स्वाभाव निरन्तर रहने छ । परिवारको भरोसा आफू प्रति निरन्तर रहने छ । धन सम्पत्तिका विषयमा देखा परेका बिबादहरु समाधान हुने छन् । मनमा भने खिन्नता छाइरहने छ । मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ, जसले कार्य सम्पादनमा नकारात्मक प्रभाव पार्ने छ । मनलाई नियन्त्रणमा राख्न मधुर भक्ति संगीत, योग ध्यान जस्ता उपायहरु अबलम्बन गर्न ध्यान दिनु भए उपयुक्त हुने छ । आम्दानीमा हुने बृद्धि वा सकारात्मक परिस्थितिले केही सन्तोष प्रदान गर्ने छ ।

मीन
धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पेशागत र ब्यवसायिक जीवनमा लाभ प्राप्त हुने छ । तर पेशागत जीवनमा नसोचिएका समस्याहरु आउने भएकाले सतर्कता साथ अघि बढ्नु पर्ने देखिछ नभए अनावश्यक विवाद तथा उल्झनको सामना गर्नु पर्ने समय छ । जीवनसाथिको साथ लिएर काम गरेमा सफलता प्राप्त हुने छ । भगवानप्रतिको धारणामा तुरुन्ता तुरुन्तै विचार परिवर्तन भइरहने छ । त्यसैले भगवानप्रति विश्वाससहित अघि बढेमा भाग्यको साथ प्राप्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया