शुक्रबार, वैशाख ७, २०८१

‘रेम्डिसिभिर’ मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागकाे चेतावनी

मेरोन्यूज २०७८ वैशाख २० गते २१:५५

काठमाडाैं । गम्भीर प्रकृतिका काेराेना संक्रमितकाे उपचारमा प्रभावकारी मानिएकाे ‘रेम्डिसिभिर’ औषधिकाे व्यापक कालाेबजारी माैलाएकाे गुनासाे आएपछि औषधि व्यवस्था विभागले ताेकिएकाे मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न चेतावनी दिएकाे छ । विभागले आज एक सूचना जारी गर्दै ताेकिएकाे खुद्रा मूल्यभन्दा बढी तिरेर खरिद नगर्न अपिल गरेकाे छ ।

बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारसम्म हालेर किनेकाे समाचार सार्वजनिक भएका छन् । उपत्यकासहित प्रमुख सहरमाका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ । औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । तर कालाेबाजारीले लाखाैंमा बिक्री गरेका छन् ।

प्रतिक्रिया