शनिबार, वैशाख ८, २०८१

३६ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा

मेरोन्यूज २०७८ वैशाख २० गते २१:०४
फाइल फाेटाे

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आज साँझसम्म ३६ जिल्लामा जिल्लाभर र ९ जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रिपरिषद्ले पहाडी जिल्लामा २०० र तराईका जिल्ला तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे सम्बन्धित जिल्लामा स्थानीय प्रशासनले आंशिक वा जिल्लाभर निषेधाज्ञा जारी गर्न अधिकार प्रत्यायोजन गरेको छ ।

मन्त्रिपरिषद्को सोही अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सिफारिशका आाधरमा निषेधाज्ञा जारी गर्दै आएका छन् ।

निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले निषेधाज्ञालाई थप कडा पार्ने तयारी गरेको छ ।

प्रतिक्रिया