शुक्रबार, वैशाख ७, २०८१

देशभर ७४४८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २० गते १७:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १६ हजार १७६ परीक्षण गर्दा ७ हजार ३८८ जनामा कोरोना देखिएको छ । भने ५१८ एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना देखिएको छ । दुवै परीक्षणबाट ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ ।

सोही अवधिमा ३७ जनाको मृत्यु भएको छ । भने पछिल्लो २४ घण्टामा २ हजार २१ जना कोरोना निको भएर घर फर्किएका छन ।

जसमा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया