मंगलबार, वैशाख ११, २०८१

गण्डकी र सुदुरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको सपथ ग्रहण आजै

मेरोन्यूज २०७८ वैशाख २० गते १७:१८

काठमाडौं । सरकारले गण्डकी र सुदुरपश्चिमका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तको सिफारिस राष्टपति समक्ष गरेका दुवै जनाको सपथ ग्रहण आजै हुने भएको छ ।

सरकारले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस राष्टपति समक्ष गर्ने निर्णय आजै आकस्मिक मन्त्रिपरिषद्को बैठक बसेर लिएको थियो ।

मन्त्रिपरिषदले गरेको सिफारिस पत्र राष्टपति कार्यालय पुगिसकेको छ । राष्टपतिले आजै गण्डकीका अमिक शेरचन र सुदुरपश्चिमका शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई सिफारिस गर्ने निर्णय लिएको थियो । उनीहरु दुवै जनाको अहिले केही बेरमा सपथ हुने छ ।

प्रतिक्रिया