शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीले मागे दातृ राष्ट्रहरूसँग सहयोग

मेरोन्यूज २०७८ वैशाख २० गते १६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दातृ राष्ट्रहरूलाई खोप, उपकरण लगायतका सामाग्री सहयोगका लागि अनुरोध गरेका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध चालिएको प्रयासमा सहयोगको अपिल गरेका हुन् ।

उनले मैत्री देशहरूलाई खोप, उपकरण र किट, अक्सिजन, क्रिटिकल केयर औषधि लगायतका सामग्री सहयोगका लागि अनुरोध गरेका हुन् ।

प्रतिक्रिया