शुक्रबार, चैत १६, २०८०

मन्त्रिपरिषद्को बैठक सुरु

मेरोन्यूज २०७८ वैशाख २० गते १६:५५

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक सुरु भएको जनाइएको छ ।

देशमा कोरोना भाइरस ९कोभिड–१९०को नियन्त्रण तथा अन्य समसामयिक विषयमा निर्णय लिन सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाँकेको बुझिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्नेलगायतका निर्णयहरू गरेको थियो । आजको बैठकले स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया