शुक्रबार, चैत १६, २०८०

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस

मेरोन्यूज २०७८ वैशाख २० गते १६:४८

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई हटाउन लागेको छ । त्यसका लागि आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा प्रमुख शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । दुवै माओवादी कोटामा प्रदेश प्रमुख नियुक्त भएका थिए ।

नेकपा हुँदा सरकारले शेरबहादुर देउवाले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर आफ्ना निकटलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । त्यस क्रममा माओवादी धारबाट गण्डकीमा शेरचन र सुदुरपश्चिममा त्रिपाठीले नियुक्ति पाएका थिए ।

सरकारले उनीहरु दुवैलाइ हटाएर गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गर्न राष्ट्रपतिसमक्ष निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया