शुक्रबार, वैशाख १४, २०८१

ठूलो अंकले बढेको नेप्से फेरी घट्यो

मेरोन्यूज २०७८ वैशाख २० गते १६:०५

काठमाडौँं । कारोबार हुने साताको पहिलो दिन हिजो आइतबार ठूलो अंकले बढेको शेयर कारोबार मापक नेप्से साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ ।

आइतबार ५४ अंकले बढेको नेप्से सोमबार १२ दशमलब ३५ बिन्दुले घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।


शेयर बजारमा सोमबार कूल २ सय १६ कम्पनीको ८८ हजार ४ सय ८३ कारोबारबाट ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया