शुक्रबार, चैत १६, २०८०

अपि पावरले शेयर बिक्रि गर्ने

मेरोन्यूज २०७८ वैशाख २० गते १५:४६

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निश्काशन गर्न अनुमति पाएको छ । अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता शेयर १ सय रुपैयाँका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ । कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको अपिले जनाएको छ ।

यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता सेयर बिक्री खुुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया