सोमबार, जेठ ७, २०८१

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ५ जना पक्राउ

टर्च लाइट र स्पिकर भित्र पट्टी सुन राखेर ल्याएको खुलासा

दया दुदराज २०७८ वैशाख २० गते १५:३८

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ किलो अवैध सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

अवैध रुपमा भित्र्याईएको सुनसहित प्रहरीले सुमित तामाङ, जनक खड्का, यमलाल खनाल, राजु विक र धनबहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले टर्च लाइट र स्पिकर भित्र पट्टी सुन राखेर ल्याएको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोला मेरोन्यूजलाई बताए । उनले भने, ‘सबै जना वैदेशिक रोजगारीमा गएर फर्किएका हुन् ।

उनीहरूले टर्च लाइटभित्र सुन राखेर ल्याएका थिए ।’ उनीहरू सोमबार बिहान विभिन्न फ्लाइटबाट विमानस्थलमा ओर्लिएका हुन् । सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको अनुसन्धानमा खुल्न आएको प्रहीले जनाएको छ । यसअघि पनि विमानस्थलबाट राइस कुकर, पङ्खा, सुटकेस इत्यादि उपकरणभित्र सुन राखेर अवैध रुपमा ल्याउने धेरै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया