शुक्रबार, वैशाख ७, २०८१

दमकमा कोरोना संक्रमित वृद्धाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २० गते १५:०४

झापा । कोरोना संक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको छ ।

कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७० संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । रासस

प्रतिक्रिया