बिहीबार, वैशाख १३, २०८१

१३ वर्षीय बालिकालाई बलात्कार गर्ने व्यक्ति १० वर्षपछि पक्राउ

मेरोन्यूज २०७८ वैशाख २० गते १४:०५

संखुवासभा । सुनसरीको खनारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । चैनपुर नगरपालिका १० बस्ने लेकबहादुर अधिकारी उर्फ गणेशलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरेको हो ।

खनारमा रहेको प्लाइउड कारखानामा काम गरिरहेको सुराकका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटनाक्रम

संखुवासभाको साविक खराङ गाविस २ का ४३ वर्षीय गणेशले १३ वर्षीय बालिाकालाई जबरजस्ती करणी गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

जिल्ला अदालतको आदेशले उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया