बिहीबार, वैशाख १३, २०८१

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख २० गते १३:५४

काठमाडौंँ । देशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र गतिमा बढेसँगै सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा अन्य समसामयिक विषयमा निर्णय लिन सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाँकेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको एक मन्त्रीले मेरोन्युज डटकमलाई जानकारी दिए । मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो १ः३० बजेमात्रै खबर आएको ती मन्त्रीले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्नेलगायतका निर्णयहरू गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया