बुधबार, वैशाख १२, २०८१

पूर्वप्रम तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख

मेरोन्यूज २०७८ वैशाख २० गते १२:४६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै बस्ने भएका छन् । उनले गत शुक्रबार पेटको न्यूरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गराएका थिए ।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन् । उन अझै केही दिन चिकित्सकहरूको निगरानीमा वीर अस्पतालमै बस्ने भएका हुन् ।

प्रतिक्रिया