बुधबार, वैशाख १२, २०८१

कांग्रेसको पदाधिकारी बैठक स्थगित

मेरोन्यूज २०७८ वैशाख २० गते १२:१९

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको थियो ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि देउवाले बैठक स्थगित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल आज दिउँसो २ बजे बोलाइएको पदाधिकारी बैठक स्थगित भएको जानकारी दिए ।

उनले भने, ‘वरिस्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या भएका कारण भोलिको लागि सारेको छ ।’

प्रतिक्रिया